PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संसदीय सुनुवाई विशेष समितिका सदस्यलाई पिएसओ



सविन ढकाल

संसदीय सुनुवाई विशेष समितिका सदस्यलाई पिएसओ

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटाइएको छ। 

मंगलवारदेखि उनीहरुका लागि पिएसओ खटाइएको हो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीमाथि सुनुवाई समितिले आज निर्णय दिँदैछ। दिउँसो ३:३० बजे समितिको बैठक बोलाइएको छ। समितिका सदस्यको सुरक्षाका लागि पिएसओ खटाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए। पहिलोपोस्टसँगको कुराकानीमा एसएसपी थापाले भने, ' मंगलवारदेखि पिएसओ खटाइएको हो।'

यसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित रहँदै आएको छ। सोमबार बोलाइएको बैठक आज दिउँसोसम्मका लागि स्थगित भएको थियो।

समितिका सदस्यमध्ये सात जनालाई सुरक्षा दिन सात सुरक्षाकर्मी परिचालन गरिएको हो। 

प्रस्तावित प्रधान न्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी जोशीको विपक्षमा उभिएको छ। विपक्षी दल कांग्रेस जोशीको पक्षमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell