PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकताको तीनमहिनामै ने क पाभित्र असन्तुष्टि, श्रेष्ठले किन दिए प्रवक्ताबाट राजीनामा?



पहिलोपोस्ट

एकताको तीनमहिनामै ने क पाभित्र असन्तुष्टि, श्रेष्ठले किन दिए प्रवक्ताबाट राजीनामा?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा एकीकृत पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका श्रेष्ठले तीन महिना नपुग्दै राजीनामा दिएका हुन्। 

तत्कालीन माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका उनी पार्टी एकताका लागि सक्रिय थिए। पार्टी एकता गर्दा ९ सदस्यीय सचिवालय बनाउँदै गर्दा पद थप तत्कालीन एमालेका तर्फबाट एकतामा भूमिका खेलेका विष्णु पौडेललाई महासचिव र उनलाई प्रवक्ताको जिम्मेवारी  दिइएको थियो।

एकता अगाडि पार्टीमा दुई अध्यक्षबाहेक अन्य पदाधिकारी नबनाउने तयारी भए पनि अन्तिममा यी दुई पद सिर्जना गरिएको थियो। 

तर पार्टी एकताको ३ महिना नबित्दै श्रेष्ठले पदबाट राजीनामा दिएका हुन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सञ्चालनको लागि समय नदिएको भन्दै उनी पार्टी अध्यक्षप्रति असन्तुष्ट थिए। उनले पछिल्लो पार्टीका दुई अध्यक्षले अनशनरत चिकित्सक गोविन्द केसी विरुद्ध सरकारको प्रतिरक्षा गर्न दिएको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्षहरू उनी प्रति असन्तुष्ट थिए। 

अनशनरत गोविन्द केसीको अनसन तोडाउन मूभिका खेलेका उनले सरकारले केसी पक्षसँग वार्ता गर्नु अगाडि नै त्रिवि शिक्षण अस्पतालमा पुगेर केसीलाई भेट गरेका थिए। 

पार्टी सचिवालय सदस्यसमेत रहेका उनलाई दुई अध्यक्षहरू ओली र प्रचण्डले स्पष्टीकरण सोधेका थिए। त्यसपछि उनले पदबाट राजीनामा दिएर घरमै आराम गरी बसेका छन्। 

नेकपा स्रोतका अनुसार उनले पदबाट राजीनामा दिँदा अध्यक्षप्रति पार्टी सञ्चालनमा समय नदिएको बताएका छन्। 

‘उहाँले पार्टी अध्यक्षप्रति पार्टीको काममा समय नदिएको, पार्टीका तल्ला तहको एकता अगाडि बढाउने विषयमा गम्भीर नभएको भन्दै असन्तुष्ट जनाउनु भएकोछ,’ स्रोतले भन्यो, ‘उहाँले यस्तो भनिरहे पनि मुख्य कुरा गोविन्द केसीको विषय हो।’ 

शनिवार बसेको सचिवालयको बैठकमा उनले पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामा भने स्वीकृत भएको छैन। उनलाई दुवै अध्यक्षले राजीनामा फिर्ता लिन दबाब दिइरहेका छन्। यद्यपि उनी पार्टीको काममा भने निस्किएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell