PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

थपिएको करमा यू टर्न लिँदै वीरगंज महानगरपालिका



राधेश्याम पटेल

थपिएको करमा यू टर्न लिँदै वीरगंज महानगरपालिका

वीरगंज : वीरगंज महानगरले चालु आर्थिक वर्षका लागि बढाएको विभन्न शीर्षकको करको चौतर्फी विरोध पछि वीरगंजका मेयर विजय सरावगी त्यसबाट ब्याक भएका छन्। उनले आज पत्रकार सम्मेलन गरी करवृद्धि फिर्ता गर्ने संकेत गरेका हुन्।

महानगरले स्थानीय तह सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गर्दै दोस्रो नगरसभाबाट पास भएको आर्थिक ऐन २०७५ बमोजिम लगाइएको १५ वटा शीर्षकका केही कर सशोधन र केही शीर्षकको कर स्थगन गर्ने विषयमा बुधवार बस्ने वीरगंज महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव लैजाने तयारी भएको जानकारी दिए। कार्यपालिकाको निर्णयपछि १५ दिनभित्र नगर सभा अह्वान गरी करवृद्धि सशोधन वा स्थगन गर्ने प्रस्ताव पारित गराउने मेयर सरावगीले जानकारी गराए।

महानगरकै सभा हलमा आयोजित पत्रकार सम्मेनलमा उनले करवृद्धिको सवालमा वीरगंजमा भइरहेको विरोध प्रदर्शन एवं आन्दोलनप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको चर्चा गर्दै महानगरले वातावरण प्रदुषण एवं सडक सुधार कर वापत ट्रकमा लगाइएको ५ सय, १ हजार र १५ सय रुपैयाँ, महानगरमा पेट्रोल पम्पले बेच्ने इन्धनको प्रतिलिटर २५ पैसा, कुखुराको गाडी प्रवेशमा प्रति गाडी प्रति लट साढे १२ हजार रुपैयाँ, कबाडी कर लगायतको विषयमा फिर्ता लिने तयारीका साथ बैठकमा प्रस्ताव पेश गर्ने उनले जानकारी दिए। त्यसैगरी महानगरले जग्गाको मूल्याकंन बढाएको सवालमा मालपोतको मूल्याकंन दरमै राजस्व असुली गर्ने आश्वासन दिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell