PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस्तो छ डा. केसी र सरकारबीच भएको नौ बूँदे सहमति



सागर बुढाथोकी

यस्तो छ डा. केसी र सरकारबीच भएको नौ बूँदे सहमति

काठमाडौं : सरकारी टोलीसित आज दिनभर भएको वार्तापछि आमरण अनसनको २७ औँ दिनमा प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो १५ औँ अनसन तोडेका छन्। 

दुई पक्षबीच २२ संशोधनसहित नौ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यस्तो छ सहमति-








अनसन तोडाउनका लागि नेकपाबाट सुवास नेम्वाङ र विष्णु पौडेल अस्पताल पुगेका थिए। 

केदारभक्त माथेमा र सुवास नेम्वाङले अनसन तोडाएका थिए।
 

यसअघि दिनभर पटक पटक भएका वार्ताहरुले सहमतिको प्रयास गरेको थियो।  

यसअघि भएको सात बुँदे अनौपचारिक सहमतिमा डा केसीले विमती जनाएपछि ९ बुँदे सहमतिको खाका तयार भएको थियो। अन्तिममा ९ बुँदे मौखिक सहमति भए पनि त्यसमा हस्ताक्षर हुन बाँकी थियो। वार्तामा खटिएका सुरेन्द्र भण्डरीका अनुसार उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाउने या नपाउने भन्ने विषयमा मत मिलेको थिएन।

काठमाडौँको मनमोहन मेमोरियल कलेज र झापाको बिएण्डसी मेडिकल कलेजकै विषयले दिनभरमा मिल्ने अवस्थामा पुगिसकेको वार्ता जटिल बनेको थियो।

आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहनेलाई आपसी सहमतिमा सरकारले किन्न सक्नेछ भन्ने प्रस्ताव सरकारले राख्दा डा. केसी त्यसमा सहमत भएपछि कुरा मिलेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell