PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डा.केसीको समर्थनमा पर्सा र बारामा प्रदर्शन, एक घण्टा सिडिओ कार्यालय घेराउ



राधेश्याम पटेल

डा.केसीको समर्थनमा पर्सा र बारामा प्रदर्शन, एक घण्टा सिडिओ कार्यालय घेराउ

वीरगंज: नेपाल तरुण दल पर्सा, बाराले आज अनशनरत प्रध्यापक डा.गोविन्द केसीको समर्थन र प्रहरी दमनको विरोधमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयहरु १ घण्टा घेराउ गरेको छ। तरुण दलको देशव्यापी कार्यक्रमअनुसार पर्सा बारामा दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदर्शन र प्रशासन घेराउ गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य लुकेश सिंहले बताए।

हिजो काठमाडौंमा भएको प्रहरी ज्यादतीको घोर निन्दा गर्नुको साथै सरकारले डा. केसीको माग अबिलम्ब पुरा गराउन माग गरेको छ। वीरगंजको घण्टाघरबाट तरुण दलका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा प्रदर्शन गरेका थिए। कार्यालयको अगाडि कोण सभा पनि भयो। कोण सभामा तरुण दलका महाधिवेशन प्रतिनिधि सहरुम राउत गद्दि, तरुण दलका नेता नवीन सिंह, केन्द्रीय सदस्य सुधीर पटेलले मन्तव्य व्यक्त गरेका थिए।

काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीले हिजो गरेको ज्यादतीमा परी दरुण दलका केन्दू्रीय अध्यक्ष जीतजंग बस्नेतलगायत घाइते भएकोले सरकारले माग पुरा नगरे देशव्यापी अझै सशक्त आन्दोलन गरी सरकार ढाल्ने चेतावनी दिए। प्रहरीको रवैया ठिक नभएकोले आचरण सुधारको लागि पनि तरुण दलका नेता नेपाल प्रहरीलाई सुझाव दिएको दरुण दल पर्साका सचिव विवेक चौरसियाले बताए। उता,नेपाल तरुण दल बाराले २२ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कलैयामा आज जुलुश निकालेको छ। 

हिजोको घटनाले अधिनायकवादी वर्तमान ओली सरकारको चित्रण गरेको प्रति नारावाजी गर्दै जुलुशमा सरकारको विरोध जनाइएको थियो।  चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश गर्न तथा चिकित्सा शिक्षामा आमुल सुधारको माग गर्दै आएका केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै तरुण दलले केन्द्रीय कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell