PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्भेष्टमेन्ट बैँकले पायो युरोमनी एक्सिलेन्स अवार्ड



इन्भेष्टमेन्ट बैँकले पायो युरोमनी एक्सिलेन्स अवार्ड

काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी समारोहबीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई  प्रदान गरेको छ।  नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो।
 
सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार,  संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गरिन्छ । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तीय संस्थाहरुले राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell