PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अनसनरत डाक्टर केसीसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली गठन



पहिलोपोस्ट

अनसनरत डाक्टर केसीसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली गठन

काठमाडौः  जुम्लामा १७ दिन देखि अनसरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहने व्यवस्था पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

वार्ता टोलीलाई वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने कार्यादेश दिइएको छ। १९ दिनयता जुम्लामा पुगेर आमरण अनसन बसेका केसीको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell