PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कविता नसुन्ने त भैँसी हुन्छ, गीत गाउनुस् भैँसीले मतलब गर्दैन : प्रम



कविता नसुन्ने त भैँसी हुन्छ, गीत गाउनुस् भैँसीले मतलब गर्दैन : प्रम

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यको महत्व दर्शाउँदै कविता नसुन्ने भैँसी हुने बताएका छन्। 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'कविता नसुन्ने त भैँसी हुन्छ । गीत गाउनुस् भैँसीले मतलब गर्दैन, उघ्राएर बस्छ । मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन । निःशुल्करुपमा कविता र विचार सुनेर राति पनि बत्ति बल्ने सोलार प्यानल प्राप्त गरेको छु। म चार्ज भएको छु।' 

प्रधानमन्त्री ओलीले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गरे। 

उनले यस्ता सम्मिलन हिमाली खण्डका अन्य देशमा पनि आगामी दिनमा हुन सकोस् भनी कामना गरे। 

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले वर्तमान सरकारको समृद्धिको सपनालाई सबै क्षेत्रबाट सहयोग हुने अपेक्षा व्यक्त गरे। 

प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले सम्मिलनबाट पारित १५बुँदे घोषणापत्र कार्यान्वयनका लागि सहभागी स्वदेशी र विदेशी स्रष्टाहरुलाई आग्रह गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell