PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्राधिकरण अध्यक्ष झाको दुईतिर निवेदन : एउटा सर्वोच्चमा, अर्को मन्त्रालयमा



प्राधिकरण अध्यक्ष झाको दुईतिर निवेदन : एउटा सर्वोच्चमा, अर्को मन्त्रालयमा

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सर्वोच्च अदालतमा आफूले दायर गरेको रिट फिर्ता लिन निवेदन दिएका छन्। 

बिहीबारमात्रै उनको रिटमा सर्वोच्चले उनलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर त्यसको भोलिपल्टै उनले आफ्नो रिट फिर्ता लिनका लागि निवेदन दिएका हुन्। रिट फिर्ता हुँदा आदेश निष्क्रिय हुन्छ। 

वर्तमान सरकारले देउवा सरकारको पालामा भएका सबै राजनीतिक नियुक्ति एकमुष्ट खारेज गरेपछि झाले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा अल्पकालीन अन्तरिम आदेशसमेत जारी भइसकेको अवस्थामा किन रिट फिर्ताको निवेदन दिइयो, प्रष्ट हुन सकेको छैन। 

यसैबीच झाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आफ्नो नियुक्त राजनीतिक नभएको भन्दै पत्र दर्ता गराएको बुझिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell