PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ट्याङ्करबाट पानी हाल्न खोज्दा ट्याङ्कीभित्र खसेर बालकोटमा एक युवकको मृत्यु



ट्याङ्करबाट पानी हाल्न खोज्दा ट्याङ्कीभित्र खसेर बालकोटमा एक युवकको मृत्यु

काठमाडौँ : सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँवस्ती बस्ने २३ वर्षीय सुभाष चौलागाईको पानी ट्याङकी भित्र खसेर मृत्यु भएको छ।
 
सोही ठाउँ बस्ने पदम बहादुर सुनुवारको घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्याङ्कीमा बिहीबार ट्याङकरबाट पानी हाल्ने क्रममा ट्याङकीभित्र खसेर बेहोश भएका चौलागाईँको मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको थियो।
 
घटनाको अनुसन्धानको लागि पदमबहादुर सुनुवार र टयाङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell