PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान, ७७ वटै जिल्लामा उजुरी दिने व्यवस्था



पहिलोपोस्ट

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान, ७७ वटै जिल्लामा उजुरी दिने व्यवस्था

काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले शुक्रबार (आज) देखि साउन ६ गतेसम्म उजुरी दिने समय तोकेको छ।

समिति सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी सर्वसाधारण र सरोकारवालासँग उजुरी माग गरेको हो। जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु पर्ने आधार र कारणसहितका उजुरी दर्ता हुनेछन्। 

समितिले ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी सङ्कलन गर्नेछ। यस्तै, समितिको टेलिफोन नम्बरमा पनि उजुरी टिपाउन सकिनेछ। समिति सचिवालयमा समेत उजुरी दर्ता हुनेछन्। 

यस्तै, समितिको इमेलमार्फत पनि सरोकारवालाले उजुरी पठाउन सक्ने व्यवस्था गरिएको छ। 


समितिले उजुरीको समय सकिएपछि सबैभन्दा पहिले उजुरी अध्ययन गर्नेछ। र, थप अनुसन्धान आवश्यक पर्ने उजुरीका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्नेछ। उजुरीकर्तासँको परामर्शपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गरिनेछ। 

सुनुवाइको कार्यविधि अनुसार समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा पदाधिकारीको नाम अस्वीकृत भएको मानिनेछ। 

संवैधानिक परिषद्ले जोशीको नाम जेठ २९ गते सिफारिस गरेको थियो। संघीय संसद्को संयुक्त समिति सञ्चालनसम्बन्धी नियमावली पारित नभएका कारण समिति गठन भएको थिएन। समिति गठनमा ढिलाइ भएकाले सुनुवाइ प्रभावित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell