PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीलाई १ किलो मार्सी चामल

प्रधानमन्त्रीलाई १ किलो मार्सी चामल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनप्रति उदासिनता देखाएको भन्दै उनका समर्थकहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मार्सी चामलसहित धर्ना दिएका छन्।

एक किलो मार्सी चामलसहित प्रधानमन्त्री निवास अगाडि केसीका समर्थकहरु जुटेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल एक निजी कलेजका लगानीकर्तासँग मार्सी चामलको भात खाँदै गरेको फोटो केही अघि सार्वजनिक भएको थियो। 

सरकार मेडिकल माफियाको पक्षमा रहेको भन्दै डाक्टर केसी जुम्लामा अनशनमा छन्। उनको स्वास्थ्य अवस्था बिग्रँदो छ। उनको जीवन रक्षा तथा मेडिकल शिक्षामा भित्र्याउन लागिएको वेथितिविरद्ध आन्दोलनरत समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell