PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपाको सचिवालय बैठकः नियमावली टुंगो लगाइँदै



पहिलोपोस्ट

नेकपाको सचिवालय बैठकः नियमावली टुंगो लगाइँदै

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा यसअघि गठित समितिको सुझावका आधारमा पार्टीको सांठगानिक एकीकरण सम्बन्धी नियमावली पारित गर्ने तयारी छ। 

केन्द्रमा दुई दल एकीकृत भए पनि नियमावली नबन्दा तल्ला तहहरूमा पार्टी एकीकरण हुन सकेको छैन। सांगठानिक संरचनाको निश्चित नहुँदा स्थानीय स्तरमा एकीकरण प्रक्रिया अघि नबढेको हो। एकीकरण प्रक्रियाबाट लागि प्रदेशगत रूपमा समिति भने गठन भइसकेका छन्।  

असार २ गतेको स्थायी समितिमा पेस भएको नियमावली असार २३ मा सचिवालय बैठकमा पेस भएको थियो। सचिवालय बैठकले निमायवलीमा प्राप्त सुझाव अनुसार परिमार्जनसहितको प्रतिवेदन तयार पार्न तीन सदस्यीय समिति बनाएको थियो। 

शनिबार बसेको पार्टी सचिवालय समितिको बैठकले नियमावली परिमार्जनसहित अन्तिम टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाएको थियो। सो बैठकले महासचिव विष्णु पौडेल, बामदेव गौतम र रामबहादुर थापा सदस्य रहेको कार्यदल गठन गरेको थियो। त्यसअगाडि गत साता बसेको स्थायी समितिको बैठकले पार्टी सचिवालयलाई नियमावलीलाई अन्तिम रूप दिने जिम्मेवारी दिएको थियो।

नियमावली पारितका लागि मंलगबारदेखि सचिवालय बैठकमा छलफल सुरु भएको थियो। मंगलबार छलफल पूरा नभएपछि आजका लागि पुनः बैठक बोलाइएको हो। 

प्रस्तावित व्यवस्था अनुसार जिल्ला तहहरूमा अध्यक्ष र सचिवमात्र रहनेगरि महाधिवेशनसम्म जाने तयारी नेकपाको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell