PahiloPost

Sep 26, 2018 | १० असोज २०७५

कुटपिट मुद्दका अभियुक्तलाई आठ वर्ष कैद, तीन लाख जरिवाना


पहिलोपोस्ट

कुटपिट मुद्दका अभियुक्तलाई आठ वर्ष कैद, तीन लाख जरिवाना

मलेखुः जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुबै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो।

अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए। एकबहादुरले २०७४ कात्तिक १० गते सोही स्थानका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए। पीडितलाई टाउकोमा पछाडिबाट कुटपिट गर्दा दुवै आँखा झरेको छ। रासस



कुटपिट मुद्दका अभियुक्तलाई आठ वर्ष कैद, तीन लाख जरिवाना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट