PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

इन्जिनियर ८० हजार घुससहित पक्राउ



पी बी खड्का

इन्जिनियर ८० हजार घुससहित पक्राउ

सुर्खेत: जाजरकोटबाट सोमबार ८० हजार घुससहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई घुस सहित पक्राउ गरेको हो। 

साना सिंचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराई दिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगदसहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई विहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। यसबारेमा थप अनुसन्धान भैरहेको सुचना अधिकारी सापकोटाले बताएका छन्।

आन्तरिक तथा महालेखा परिक्षण गराउनका लागि भन्दै जिल्ला स्थित प्राय सबै कार्यालयवाट सम्पन्न गरिने सबै कार्यक्रमवाट १० देखि १५ प्रतिशत रकम उठाएर कार्यालय प्रमुख र लेखा बिच भागबण्डा हुने गरेको चर्चा चलिरहेको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियरलाई ८० हजार घुस सहित पक्राउ गर्नुलाई जिल्लाबासीले सकारात्मक रुपमा लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell