PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोविन्द केसीलाई संसदमा डेढ घन्टा, कांग्रेसले पेस गरेको प्रस्तावमाथि छलफल शुरु



गोविन्द केसीलाई संसदमा डेढ घन्टा, कांग्रेसले पेस गरेको प्रस्तावमाथि छलफल शुरु

काठमाडौं: आजको प्रतिनिधि सभाको बैठक अनसनरत डा.गोविन्द केसी सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ।

नेपाली कांग्रेसका तर्फबाट दर्ता भएको उक्त प्रस्तावलाई आज सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा पेस गरेका छन् भने अतहर कमाल मुसलमान र पार्वती डिसीले समर्थन गरेकी छिन्।

सभामुख कृष्ण बहादुर महाराले,‘चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गर्न, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निवर्तमान सरकारले जारी गरेको अध्यादेशका मूल भावना अनुरुप विधेयक तत्काल ल्याई अनसनरत डा गोविन्द के.सी. को स्वास्थ्य उपचार गरी जीवन रक्षा गरियोस्’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका लागि एक घण्टा ३० मिनेट छुट्याएका छन्।

उक्त प्रस्तावमाथि संसदहरुले बोल्ने क्रम जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell