PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजपा संसदीय दलको नेता शनिवार चयन हुने, सहमतिका लागि अध्यक्ष मण्डललाई दबाव



राजपा संसदीय दलको नेता शनिवार चयन हुने, सहमतिका लागि अध्यक्ष मण्डललाई दबाव

काठमाडौं: हालसम्म संसदीय दलको नेता चयन गर्न नसकेको संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले शनिवार संसदीय दलको निर्वाचन गर्दैछ।

आज बसेको राजपाको संसदीय दलको बैठकबाट शनिवार नेता चयन गर्ने निर्णय भएको सांसद चन्दा चौधरीले जानकारी दिइन्।

आजको बैठकमा संसदीय दलको विधान सांसदहरुलाई वितरण गरिएको छ र भोलि १२ बजेसम्म कुनै संशोधन भए अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई लिखित रुपमा बुझाउन निर्देशन दिइएको छ।

बैठकमा संसदीय दलका नेता विषयमा चर्चा चल्दा राजपाका सांसदहरुले सहमति मै संसदीय दलको नेता चयन गर्न दबाब दिए।

सांसदहरु चन्द्रकान्त चौधरी, वृशेष चन्द्र लाल र चन्दा चौधरीलगायतले सहमति मै दलको नेता चयन गर्न अध्यक्ष मण्डललाई दबाब दिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell