PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी, विश्‍वकपमा भने फ्रान्स अपराजित



पहिलोपोस्ट

हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी, विश्‍वकपमा भने फ्रान्स अपराजित

फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम मंगलवार भिड्दैछन्। सेन्ट पिटर्सवर्गमा हुने खेल यी दुईबीच हुन लागेको ७४औँ खेल हो।

अहिलेसम्मको हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी छ। बेल्जियमले ३० खेल जित्दा १९ खेल बराबरीमा सकिएको थियो। फ्रान्सले भने २४ खेल जितेको छ।

फ्रान्स र बेल्जियम पहिलोपटक सय वर्ष भन्दा अगाडी भिडेका थिए। सन् १९०४ मा भएको मैत्रीपूर्ण खेलमा यी दुईले ३-३ गोलको बराबरी खेलेका थिए।

पछिल्लो पटक २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले फ्रान्सलाई ४-३ ले पराजित गरेको थियो।

विश्वकपमा अहिलेसम्म फ्रान्स र बेल्जियम दुई पटक मात्र भिडेका छन्। दुवै खेल फ्रान्सले जितेको थियो।

सन् १९३८ को विश्वकपमा फ्रान्सले बेलिजयमलाई ३-१ ले हराएको थियो। यस्तै १९८६ मा भएको विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सले बेल्जियमलाई अतिरिक्त समयमा ४-२ ले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell