PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध



पहिलोपोस्ट

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

फलेवासः गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन्।

सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ।

ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भएपनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell