PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

डिफेण्डिङ च्याम्पियन जर्मनीसहित यी १६ राष्ट्र, जो समूह चरणबाटै घर फर्के तर पाउँदैछन् ८० लाख डलर



पहिलोपोस्ट

डिफेण्डिङ च्याम्पियन जर्मनीसहित यी १६ राष्ट्र, जो समूह चरणबाटै घर फर्के तर पाउँदैछन् ८० लाख डलर

रसिया विश्वकपमा खेलेका ३२ मध्ये समूह चरणबाटै बाहिरिने १६ टोलीको टुङ्गो लागिसकेको छ। अप्रिकन राष्ट्र सेनेगल समूह चरणबाट आउट हुने अन्तिम राष्ट्र बन्यो।

यसपछि अन्तिम १६ मा पुग्ने १६ वटै टिमको छिनोफानो भइसकेको छ भने प्रिक्वार्टरफाइनल समिकरण पूरा हुन एक खेल बाँकी छ। अहिले भइरहेको इंग्ल्याण्ड र बेल्जियमबीचको खेलबाट समूह जी को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ र उक्त समिकरण पनि पूरा हुनेछ।

यस पटक डिफेण्डिङ च्याम्पियन जर्मनी पनि समूह चरणबाटै आउट भयो। यस्तै दुई डेब्युटान्ट टोली आइसल्याण्ड र मोरोक्कोले पनि समूह चरण पार गर्न सकेनन्। अफ्रिकाबाट सहभागिता जनाएका मोरोक्कोसहित ५ वटै टिम समूह चरणबाट बाहिरिए। यस्तै एसियाबाट ४, युरोपबाट आइसल्याण्ड र जर्मनीसहित ४, उत्तर अमेरिकाबाट २ तथा दक्षिण अमेरिकाबाट १ टिम समूह चरणबाटै बाहिरिए।

यसपटक उपाधि जित्ने टोलीले विश्वकप ट्रफीसहित ३८ मिलियन अमेरिकी डलर नगद हात पार्नेछन्। यो चार वर्षअघि जर्मनीले पाएको भन्दा ३ मिलियन बढी हो।

चारवर्षअघि च्याम्पियन बन्दै ३५ मिलियन प्राप्त गरेको जर्मनी समूह चरणबाट आउट भयो अब उसले नगद कति पाउँछ? रसिया विश्वकपमा जर्मनीसहित समूह चरणबाट आउट भएका १६ वटै टिमले ८-८ मिलियन अमेरिकी डलर हात पार्नेछन्।

८ मिलियन पाउने टोलीमा साउदी अरेबिया, इजिप्ट, इरान, मोरोक्को, पेरु, अष्ट्रेलिया, नाइजेरिया, आइसल्याण्ड, दक्षिण कोरिया, जर्मनी, सर्बिया, कोस्टारिका, ट्युनिसिया, पानामा, सेनेगल, पोल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell