PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिनिधिसभामा विनियोजन विधेयकको छलफल सकिँदै, आज अर्थमन्त्रीले जवाफ दिने



पहिलोपोस्ट

प्रतिनिधिसभामा विनियोजन विधेयकको छलफल सकिँदै, आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिँदैछ। मंगलबारदेखि सुरु भएको जवाफ दिने क्रममा अधिकांश मन्त्रालयका विभागीय मन्त्रीहरुले जवाफ दिइसकेका छन्। 

अब अर्थ मन्त्रालय र मन्त्रालय कार्यालय र मातहतका निकाय शीर्षकको बजेटमा उठेका प्रश्नको जवाफ दिन बाँकी छ।

प्रधानमन्त्री कार्यालयको बजेट शीर्षकमा प्रधानमन्त्री स्वयंय वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिने परम्परा छ। यसअघि प्रधानमन्त्री कार्यालय शीर्षकका विषयमा पनि अर्थमन्त्रीले जवाफ दिने प्रचलन समेत छ। 

बुधबार १२ विभागीय मन्त्रीले बजेटमा उठेका विषयमा जवाफ दिएका थिए।

प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा जवाफ दिनेक्रम सकिएपछि विधेयक पारितको प्रक्रियामा जानेछ। प्रतिनिधिसभाले विधेयक पारित गरेपछि विधेयक राष्ट्रियसभामा पेस हुनेछ। दुबै सदनबाट विधेयक पारित हुने नियमावलीमा व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell