PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रिक्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल भिड्ने, आयोजक रसियाको प्रतिद्वन्दी स्पेन



पहिलोपोस्ट

प्रिक्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल भिड्ने, आयोजक रसियाको प्रतिद्वन्दी स्पेन

रसिया विश्वकप २०१८ अन्तर्गत पहिलो दुई प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ। समूह ए र समूह बी का सबै खेल सकिएपछि अन्तिम १६ मा भिड्ने चार टिमको प्रतिद्वन्दी छिनोफानो भएको हो।

समूह ए बाट उरुग्वे सबै ३ खेल जित्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुग्दा आयोजक रसिया उपविजेता बन्दै अन्तिम १६ पुग्यो।

यस्तै समूह बी मा समान ५ खेल जोडे पनि गोल बढी गरेको कारण स्पेन समूह विजेता तथा पोर्चुगल उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो।

अब प्रिक्वाटरफाइनलमा समूह ए को विजेता उरुग्वे र समूह बी उपविजेता पोर्चुगलबीच हुनेछ। यसलाई लुइस सुआरेज भर्सेज क्रिस्टियानो रोनाल्डोबीचको खेल भन्न सकिन्छ।

यस्तै आयोजक रसियाले समूह बी को विजेता स्पेनको सामना गर्नेछ। दुबै खेलको विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell