PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृत चालिसे जेल चलान



पहिलोपोस्ट

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृत चालिसे जेल चलान

काठमाडौँः  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे जेल चलान भएका छन्।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसला अनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर भई फरार धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी जेल चलान गरेको हो।

तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले विसं २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भनी रु १० लाख लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।

चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको ब्यूरोले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell