PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिभ्यू : अर्जेन्टिनालाई स्पष्ट जित आवश्यक



पहिलोपोस्ट

प्रिभ्यू : अर्जेन्टिनालाई स्पष्ट जित आवश्यक

दुई पटकको विश्वकप विजेता। वर्तमान समयका उत्कृष्ट खेलाडी लियोनल मेसी भएको टिम। उपाधिको दाबेदार टोली, अर्जेन्टाइन टोलीको विशेषता। रसिया विश्वकपमा पहिलो खेलमा डेब्युटान्ट आइसल्याण्डसँग बराबरीमै रोकिएपछि अर्जेन्टिनाको आलोचना समेत भयो। जहाँ कप्तान समेत रहेका मेसी स्वयंमले गोल गर्न सकेनन् र अंक बाँड्न बाध्य भयो।

विश्वकप खेल्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्रसँगको बराबरीले अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको दोस्रो खेल जित्नैपर्ने बाध्यता छ। बराबरी र पराजयले अर्को चरण प्रवेश गर्ने सम्भावनामा धक्का लाग्न सक्छ। त्यसैले प्रशिक्षक जोर्स साम्पोलीले पहिलो खेलमा खेलाइको पर्मेसनले परिवर्तन गर्दै ४-२-३-१ को फर्मेसनमा खेलाउने सम्भावना छ।

पहिलो खेलमा मेसीले पेनाल्टीसहित ११ सट आइसल्याण्डको पोष्टमा प्रहार गरे पनि गोल गर्न सकेनन्। त्यसमध्ये मेसीमाथि पनि गोल गर्नुपर्ने दबाब छ।

उता पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसिया अर्जेन्टिनाविरुद्ध जित हात पारे एक खेलअघि नै अन्तिम १६ मा पुग्नेछ। त्यसैले पनि यी दुइबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।

बोका जुनियर्सका विंगर क्रिस्टियन पाभोनले क्रोएसियाविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना रहेको छ। पहिलो खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। उता नाइजेरियाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्न नमानेपछि क्रोएसियाले निकोला कानिलिकलाई घर पठाएको छ।

अर्जेन्टाइन डिफेण्डर गाब्रिएल मर्साडोले क्रोएसियाविरुद्धको गेम मह्तवपूर्ण भएको बीबीसीसँग बताएका छन्।

'यो हाम्रो लागि भाइटल गेम हो। अगाडि बढ्नको लागि यो खेल जित्नैपर्छ।'

उनले क्रोएसियाका दुई खेलाडी लुका मोडरिच र इभान राकिटिक उत्कृष्ट भएको भन्दै बलमाथि राम्रो कन्ट्रोल राख्न सक्ने बताका छन्।

उता क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले मेसीलाई रोक्ने कुनै विशेष तरिका नभएको र उनी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन्।

डालिचले एक उत्कृष्ट खेलाडीले राम्रो नतिजा दिनसक्ने भन्दै एउटा राम्रो टिमले त्यो भन्दा राम्रो नतिजा दिनसक्ने बताएका छन्।

अर्जेन्टिना र क्रोसिया यसअघि चारपटक आमनेसामने भएकोमा अर्जेन्टिनाले २ तथा क्रोएसियाले १ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो।

विश्वकपमा भने यी दुई टोली एकपटक मात्र भिडेका छन्। सन् १९९८ मा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १-० ले पराजित गरेको थियो। अर्जेन्टिनाले पछिल्लो पटक सन् १९७४ को विश्वकपमा समूह चरणको दुई खेल जित्न असफल भएको थियो। यस्तै क्रोएसियाले समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छैन। उसले ४ मध्ये ३ खेल जितेको छ भने १ खेल बराबरी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell