PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रसंघीय मानव अधिकार परिषदबाट बाहिरियो अमेरिका



पहिलोपोस्ट

राष्ट्रसंघीय मानव अधिकार परिषदबाट बाहिरियो अमेरिका

अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरिएको छ। विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै परिषदबाट बाहिरिएको घोषणा गरेका हुन्।

परिषद्का प्रमुख जेद बिन राद अलले भने अमेरिकी कदम गलत भएको भन्दै पछि नहट्न आग्रह गरेका छन्।

केही विवादस्पद देशलाई सदस्यता दिएको र कतिपय देशका मानव अधिकार उल्लङ्घनका घटनाका काउन्सिलले कुनै चासो नदेखाएको भन्दै हेलीले आलोचना समेत गरेकी छन्। भेनेजुयला, इरान लगायत देशका मानवअधिकार उल्लङ्घनका घटनामा काउन्सिलको भूमिका उनले प्रश्न गरेकी छन्। यस्तै, कङ्गोको सदस्यतालाई पनि उनले आलोचना गरेकी छन्। 

परिषद् राजनीतिक पक्षपातबाट प्रेरित भएको समेत आरोप लगाइएको छ।

सन् २००६ मा स्थापना भएको युएनएचआरसी मानव अधिकार उल्लङ्घनको आरोप लागेका देशलाई समेत सदस्यता दिएको भन्दै आलोचित हुँदै आएको छ। कूल ४७ देश अहिलेसम्म सदस्य राष्ट्र छन्।

विश्वभरका मानव अधिकार उल्लङ्घनका घटना अध्ययनका लागि बनाइएको परिषदमा सन् २०१३ मा चीन, रुस, साउदी अरेबिया, अल्जेरिया, भियतनाम सदस्य बनेपछि आलोचना भएको थियो।

अमेरिका सन् २००९ मा सदस्य बनेको थियो। अमेरिका बाहिरिएपछि अब ४६ सदस्य देशमात्र बाँकी रहनेछन्। अमेरिका सन् २०१६ देखि ०१९ सम्मका लागि सदस्य चुनिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell