PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तीन महिनाको अन्तरालमा चीनको तेस्रो भ्रमणमा उत्तर कोरियाली नेता किम



पहिलोपोस्ट

तीन महिनाको अन्तरालमा चीनको तेस्रो भ्रमणमा उत्तर कोरियाली नेता किम

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन तेस्रो चीन भ्रमणका लागि निस्किएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सीले जनाए उनी दुई दिने चीन भ्रमणका क्रममा निस्किएका हुन्। उनी बुधबार बेइजिङ पुग्नेछन्। 

उत्तर कोरियाको सत्तामा आएको ६ वर्षपछि किमले पहिलो पटक चिनियाँ राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा छिमेकी देशको भ्रमणमा दुई महिना अगाडि निस्किएका थिए। 

त्यसपछि लगातार उनी तेस्रो पटक बेइजिङ पुगेका हुन्। पछिल्लो समय उनी दुई पटक दक्षिण कोरिया र एक पटक सिंगापुर समेत पुगिसकेका छन्। उनले आफ्नो देश छाड्न सहज महसुस गर्न थालेका छन्। 

बिहीवार उत्तर र दक्षिण कोरियाका अधिकारीहरूले पुनः भेटवार्ता गर्दै छन्। उनीहरू गत अप्रिलमा सम्पन्न अन्तर कोरियाली सम्मेलनको उपलब्धिहरूलाई संस्थागत गर्नका लागि भेटवार्ता समेत गर्न लागेका हुन्। 

बेइजिङ पुगेका किमले चिनियाँ राष्ट्रपति सी जिङपिङसँगै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको बारेमा छलफल हुने बताइएको छ। 

सिन्ह्वाका अनुसार उनी दुई दिन त्यहाँ बस्ने बताइएको छ। यसअघि किम फर्केपछि मात्र उनीबारे समाचार प्रकाशित गर्ने चीनले यस पटक भने उनी आउनासाथ समाचार प्रकाशन गरेको हो। उनी बुधबार प्योङयाङ फर्किने कार्यक्रम रहेको छ।

बेइजिङमा हुने भेटवार्ताका क्रममा आफूमाथि लगाइएको नाकाबन्दीको विषयमा किमले छलफल गर्नेछन्। त्यस्तै उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि निःशस्त्रीकरणको विषयमा गरेको प्रतिबद्धता कार्यान्वयनको विषयमा छलफल गर्ने बताइएको छ। 

प्योङयाङको आर्थिक साझेदार बेइजिङले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने प्रतिबद्धता जनाएको छ। 

यसैबीच अमेरिका र दक्षिण कोरियाले पछिल्लो विकसित घटनाक्रमसँगै आफ्नो संयुक्त सैन्य अभ्यासलाई स्थगित समेत गरेका बीबीसीले जनाएको छ।

भ्रमणको बारेमा चिनियाँ सञ्चार माध्यमले अगाडि नै जानकारी गराए पनि एजेण्डाको विषयमा भने खुलाएका छैनन्। उनी उत्तर कोरियाको सरकारी स्वामित्व रहेको एयर कोरियो विशेष विमानबाट बेइजिङमा यात्रा गरिरहेको बताइएको छ। 

उनी गत मार्चमा कोरियाली सर्वोच्च नेताको रूपमा पहिलोपटक विदेशी भूमिमा पाइला टेकेका थिए। उनलाई बेइजिङले विशेष अतिथिको रूपमा स्वागत गरेको थियो। त्यस्तै मे मा उनी दोस्रो पटक चीन भ्रमण गरे। उनलाई डालियनमा सीले स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell