PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

निजी विमानमा जम्बो टोली बोकेर प्रम चीन जाँदै : को को हुन् भ्रमण दलका सदस्य, सूची हेर्नुस् 



विधुर ढकाल

निजी विमानमा जम्बो टोली बोकेर प्रम चीन जाँदै : को को हुन् भ्रमण दलका सदस्य, सूची हेर्नुस् 

काठमाडौं : प्रधानमन्त्रीको शपथ लिँदै गर्दा सानो मन्त्रिपरिषद् र मितव्ययी सरकार बनाउने प्रतिबद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको राजकीय भ्रमणमा निस्किँदै छन्। 

उनीसँगै चीन भ्रमणमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ११९ जना सहभागी हुँदैछन्। निजी एयरलाइन्स कम्पनीको विमान चार्टर गरेर प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन जान लागेका हुन्। 

नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक विमान छाडेर प्रधानमन्त्री ओली चीनको तिब्बत एयरलाइन्स र नेपाली व्यवसायी आङ छिरिङ शेर्पाको लगानी रहेको हिमालय एयरको विमान चार्टर गरेर प्रधानमन्त्री जाँदै छन्। स्मरण रहोस्, यसअघि २०७२ मा प्रधानमन्त्री हुँदा नेपाल भित्रिएको हिमालय एयरको विमानले प्रुभिङ टेस्ट नगर्दै बेइजिङ लिएर गएका थिए। 

यस पटक पनि उनी ४८ सदस्य सरकारी प्रतिनिधि मण्डलसहित ५२ जना निजी क्षेत्रका व्यवसायी र ११ जना सञ्चार क्षेत्रका प्रतिनिधि लिएर यही विमानमार्फत् बेइजिङ जान लागेका हुन्। यो टोलीमा बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरु समेत समावेश हुने छन्। 

को-को छन् प्रधानमन्त्रीको भ्रमण टोली?

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यसँगै चार मन्त्रीहरु समेत सहभागी हुँदै छन्। 

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा मगर, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी हुनेछन्। 

त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत प्रसाद मैनाली समेत सहभागी हुँदै छन्। त्यस्तै प्रधानमन्त्री निकटका परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई भ्रमण टोलीमा परेका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह, निजी सचिव राजेश बज्राचार्य समेत सहभागी हुँदै छन्। प्रमुख सुरक्षा अधिकारी कर्नेल विष्णु कुमार खड्का, एडीसी मेजर हिमालय थापा, सुरक्षा अधिकारी क्याप्टेन उज्ज्वल केसी समेत प्रधानमन्त्रीसँगै चीन भ्रमणमा जाँदै छन्। त्यस्तै प्रहरी निरीक्षक हरी खतिवडासँगै प्रधानमन्त्रीका निजी फोटोग्राफर महेन्द्रलाल श्रेष्ठ पनि भ्रमण टोलीमा छन्। 

९ सांसद 

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संघीय संसदका ९ जना सदस्य समेत सहभागी हुँदै छन्। भ्रमण टोलीमा जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र कुमार केसी, निर्जला राउत, पार्वता डीसी (चौधरी) नैनकला ओझा, सुरेन्द्र कुमार यादव समेत सहभागी हुने छन्।  

यस भ्रमण टोलीमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्ताङका जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हामु गुरुङपनि सहभागी हुने छन्। 

कर्मचारीबाट को को? 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मुख्यसचिव लोकदर्शन रेग्मीसहितका विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरु समेत सहभागी हुँदै छन्। भ्रमण टोलीमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसमेत परेका छन्। 

त्यसतै लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारी, परराष्ट्र मन्त्रालयका दक्षिण पूर्वी एसिया महाशाखका सहसचिव गणेशप्रसाद ढकाल, चिफ अफ प्रोटोकल दीपक अधिकारी, ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे समेत प्रधानमन्त्रीसँगै चीन भ्रमणमा जाँदै छन्। 

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशन  दीपकराज जोशी समेत सहभागी हुँदै छन्। परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल पनि भ्रमण दलमा सहभागी छिन्।

त्यस्तै परराष्ट्र मन्त्रालयका प्रोटोकल अफिसर कुलबहादुर मगर, परराष्ट्र मन्त्रालयकै नासु उत्तम घिमिरेसमेत भ्रमण दलमा सहभागी हुने छन्। 

बेइजिङबाट ८ जना मिसिने 

प्रधानमन्त्रीको भ्रमण टोलीमा बेइजिङस्थित नेपाली दुतावासबाट ८ जना समावेश हुँदै छन्। त्यहाँबाट मिसिने सदस्यमा राजदुत लिलामाणि पौडेल, डेपुटी चिफ अफ मिसन सुशील के लम्साल, विष्णुप्रसाद आर्चाय, विर्गेडियर जनलरल विनोद पाण्डे, हरिसचन्द्र घिमिरे, सावित्री ओली, हरिप्रसाद लुईँटेल र उत्तम प्रसाद न्यौपाने सहभागी हुँदै छन्।

अफिसियल मिडिया

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा सरकारी भ्रमण टोलीमा ६ जना सञ्चारकर्मी समेत सहभागी हुँदै छन्। टोलीमा रेडियो नेपालका हरिशरण लामिछाने, नेपाल टेलिभिजनका निरन्जन खनाल, नेपला टेलिभिजनका क्यामेरामेन विष्णु भक्त महर्जन, राससका हरि लामिछाने, नेपाल मिडिया सोसाइटीका महासचिव शुभशंकर कँडेलसँगै क्यामेरामेन ध्रुवप्रसाद अधिकारी सहभागी हुँदैछन्। 

निजी क्षेत्रबाट ५२ जना 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा निजी क्षेत्रका ५२ जना प्रतिनिधि सहभागी हुँदैछन्। जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष भवानी राणासँगै निर्वतमान अध्यक्ष पशुपति मुरारकासहित १२ जना सहभागि हुने छन्। त्यस्तै सीएनआईका तर्फबाट अध्यक्ष हरिभक्त शर्मासहित ५, नेपाल च्याम्वर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित ५ जना भ्रमण टोलीमा सहभागी हुँदैछन्। 

त्यस्तै नेपाल चाइना च्याम्वर अफ कमर्स एण्ड इन्डस्ट्रिजका कार्यबहाक अध्यक्ष त्रिभुवन धर तुलाधरसहित तीन जना, साना तथा मझौला उद्योग महाससंघका उपाध्यक्षपूर्णबहादुर भण्डारी सहित तीन जना, वुटवल पावर कम्पनीका अध्यक्ष पद्यम ज्योतीसहित तीन जना, राष्ट्रिय उद्योग तथा व्यापार युनियनका महासचिव रामजी प्रसाद वरालसहित चार जना समेत भ्रमण दलमा सहभागी हुँदैछन्। 

त्यस्तै भ्रमण दलमा एनआरएनएका अध्यक्ष भवन भट्ट, होङ्सी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयल, नेपाल चाइना ट्रेड एण्ड इन्डस्ट्रीजका अध्यक्ष अन्जु पौडेल, हिसानका अध्यक्ष रमेशकुमार  सिलवाल र महासचिव लोकबहादुर भण्डारीसमेत चीन जाँदै छन्। यी बाहेक अन्य निजि क्षेत्रका १२ जना समेत भ्रमण टोलीमा सहभागी हुँदैछन्। 

भ्रमण दलमा ११ जना मिडिया डेलिगेट्स

यसैबीच भ्रमण दलमा ११ जना मिडिया डेलिगेट्सहरुलाई समेत सहभागी गराइएको छ। 

मिडिया डेलिगेट्सको रुपमा गोरखापत्र दैनिकका उपकार्यकारी सम्पदक रामप्रसाद हुमागाईँ, कान्तिुपर दैनिकका सम्पादक सुधीर शर्मा, काठमाडौँ पोस्टका सम्पादक अखिलेश उपाध्याय, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल,  रिपब्लिकाका सम्पादक सुवास घिमिरे, अन्नपूर्ण पोस्टका सम्पादक राजाराम गौतम, एभिन्यूजका शिव दाहाल, रविन्द्र श्रेष्ठ, नयाँ पत्रिकाकी प्रमिला देवकोटा, द हिमालय टाइम्स्का सम्पादक प्रकाश रिमाल र रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलासमेत मिडिया डेलिगेटसको रुपमा सहभागी हुँदैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell