PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

टिपरको ठक्कर, महिलाको मृत्यु : आक्रोशितले ट्रकमा आगो लगाउँदाको क्षण, हेर्नुस फोटोमा

टिपरको ठक्कर, महिलाको मृत्यु : आक्रोशितले ट्रकमा आगो लगाउँदाको क्षण, हेर्नुस फोटोमा


काठमाडौँ : काठमाडौंको जडीबुटीमा टिपरले स्कुटरमा ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो। स्कुटीमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्। आगो प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यसैबीच ट्राफिक प्रहरीले जडिबुटीमा भएको सडक दुर्घटनाको कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएकाले वैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell