PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिका र उत्तर कोरियाबीच सम्झौता हुँदा चीन दङ्ग



पहिलोपोस्ट

अमेरिका र उत्तर कोरियाबीच सम्झौता हुँदा चीन दङ्ग

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बिस्तृत सम्झौतापत्रमा हस्ताक्षर भएपछि चीनले ऐतिहासिक भन्दै प्रशंसा गरेको छ।
 
यस्तै कोरियन प्रायद्वीपमा शान्तिका लागि पूर्ण निशस्त्रीकरण हुनुपर्नेमा चीनले जोड दिएको छ।
 
दुर्इ नेतासँगै बसेर समान कुरा गर्नुले एउटा महत्वपूर्ण र सकरात्मक सन्देश दिएको भन्दै चीनका विदेशमन्त्री वाङ् इले यसबाट नयाँ इतिहासको निर्माण हुने बताए।  

"कोरियन प्रायद्वीपमा परमाणु मुद्दाको  विषय नै महत्वपूर्ण सुरक्षा मुद्दा हो। यस सुरक्षा मुद्दामा सबैभन्दा महत्त्वपूर्ण संयुक्त राज्य अमेरिका र उत्तर कोरिया वार्ताका लागि बसेर समाधानको बाटो पत्ता लगाउनु हो," वाङले बताए, "परमाणु मुद्दाको विषय टुंग्याउनु, एक प्रकारले निशस्त्रीकरण नै हो, पूर्ण निशस्त्रीकरण। उत्तर कोरियाले देखाएको सुरक्षा सम्बन्धी चासोको समाधान गर्न कोरियन प्रायद्वीपमा एउटा शान्ति प्रक्रियाको आवश्यक्ता छ।" 

बेइजिङ् पोङ्याङ्गको एक प्रमुख सहयोगी र व्यापार साझेदार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell