PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेयर सरावगी देखि ठूला व्यापारिक घरानाको लगानी रहेको डेन्टल कलेज: तीन साता देखि अध्यापन ठप्प 



राधेश्याम पटेल

मेयर सरावगी देखि ठूला व्यापारिक घरानाको लगानी रहेको डेन्टल कलेज: तीन साता देखि अध्यापन ठप्प 

वीरगंज : वीरगंजको छपकैयामा रहेको एमबि डेन्टल कलेजमा जेठ ५ गते देखि पठनपाठन ठप्प छ। तलब भत्ता नखुवाएको भन्दै हडतालमा उत्रेका कर्मचारीहरूको कारण कलेजको पठनपाठन ठप्प भएको हो। 

‘कलेजलाई वर्ष भरीको पैसा तिरेका छौँ, तीन साता साता देखि कलेज बन्द छ, विद्यार्थीको भविष्यसँग कलेज प्रशासनले खेलबाड गर्दैछ,’ एक अभिभावक ताराचन्द्र यादवले गुनासो गरे।

कर्मचारीहरूले जेठ ४ गते आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए। जसअन्तर्गत जेठ ५ गते देखि हाडताल गर्ने बताएका थिए। तर कलेज प्रशासनले हड्ताल छल्न जेठ ६ गते देखि २० गते सम्म गर्मी बिदा दिएको थियो। 

यसबीच समस्याको समाधान नभएपछि कलेजमा पढाइ सञ्चालन हुन सकेका छैन। 

कलेजले एउटा कर्मचारीको ३ महिना देखि ६ महिना सम्म तलब भत्ता दिएको छैन। कर्मचारीहरूले प्रशासनमा पटकपटक ताकेता गर्दा समेत कलेज प्रशासनले कर्मचारीहरूको बारेमा गम्भीर नभए पछि हाडतालमा उत्रिनु परेको कर्मचारीहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर २०६३ साल वैशाख १० गते देखि सञ्चालनमा आएको कलेज १२ वर्षमा प्रवेश गरेको छ। यसमा वीरगंजका ४५ जना ठूलठूला औद्योगिक घाराना व्यवसायीहरूको लगानी छ। 
वीरगंजका मेयर विजय सरावगी, व्यवसायी अशोक वैद्य, ईन्दु शंकर चिनी मिलका सञ्चालक राजेश केडिया, प्रेम जाटिया, सन्दीप खेतान, लायन्स क्लबका ईन्टरनेशनल चेयरमैन सञ्जय खेतान, सन्दीप खेतानलगायत व्यवसायीहरूको लगानी छ।
 
कलेजले साढे ४ वर्षको एकेडेमिक कोर्स र एक वर्षको इन्टर्नसीप गराउन १९ लाख ३२ हजार शुल्क लिन्छ।
 
कलेजले खर्च धान्न  गाह्रो  भएको भन्दै कर्मचारीहरूको तलब दिन आनाकानी गरेको कर्रमचारीहरूले बताएका छन्। कलेज प्रशासनका अधिकृत देव चौधरीले यस वर्ष विद्यार्थी कम सिटमा भर्ना भएकाले खर्चमा व्यवस्थापन गर्न समस्या भएको बताए। 

४० सिटको माग गरिएकोमा ३० वटा सिटको अनुमति सरकारले दिएको बताए। जस मध्ये २५ जना शुल्क दिन्छन्, बाकी ३ जना छात्रवृत्ति कोटामा छन्। अन्य दुई जना विद्यार्थी भर्ना भएनन्।

'कलेजमा ३६ जना कर्मचारी छन्। वर्षको अढाई करोड मात्र प्रध्याकको तलब भत्तामा जान्छ, अरू खर्च जोडेर हेर्ने हो भने २ करोड जति आउँछ,  खर्च धान्न नसकेर कलेज प्रशासनले स्टाफलाई तलब खुवाउन नसकेको हो,' उनले भने, 'समस्या समाधानको लागि पहल भइरहेको र बोर्डले यस समस्यालाई समाधान गर्न चाडै कोसिस गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell