PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विधेयकको किताब नछापिँदा संसदमा विनियोजन विधेयकमाथि छलफल हुन सकेन



विधेयकको किताब नछापिँदा संसदमा विनियोजन विधेयकमाथि छलफल हुन सकेन

काठमाडौं: आजबाट प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ अन्तरगत मन्त्रालयगत शीर्षकमा छलफलको तयारी गरिएको थियो तर उक्त विषयको पुस्तिका नछापिँदा छलफल सुरु हुन सकेन।

छलफलका लागि आवश्यक मन्त्रालयगत विविध शीर्षक समेटिएको पुस्तक सांसदले पाउन नसकेपछि छलफल हुन नसकेको संघीय संसद् सचिवालयले जनाएको छ। पुस्तक नछापिँदा अन्तिम समयमा सभामुखले विनियोजन विधेयकमाथि छलफल गराउन सकेनन्।

छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाएका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची तय गरिएको थियो।

विधेयकमाथि छलफल सुरु नुहँदा सांसदहरूले विशेष समयमा समसामायिक विषयमा कुराकानी गर्दै समय बिताएका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell