PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रहरीमा एआइजीको दरबन्दी कटौतीः 'नेपाल प्रहरीमा पाँच र सशस्त्रमा दुई दरबन्दी सिफारिस'



पहिलोपोस्ट

प्रहरीमा एआइजीको दरबन्दी कटौतीः 'नेपाल प्रहरीमा पाँच र सशस्त्रमा दुई दरबन्दी सिफारिस'

काठमाडौँ: गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी पदमा पाँच जनाको दरबन्दी सिफारिस गरेको छ। त्यस्तै सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुईमात्र सिफारिस भएको छ।

दुबै प्रहरीमा एआइजीको दरबन्दी कटौतीको सिफारिस भएको हो। नेपाल प्रहरीमा प्राविधिकसहित १६ दरबन्दी रहेकोमा घटाएर ५ जनामात्र कायम गर्न सिफारिस भएको छ।

यस्तै सशस्त्रमा ११ दरबन्दी रहेकोमा अब २ जनामात्र सिफारिस भएको छ।

गृह मन्त्रालयले संघीय प्रहरी ऐनमा प्राविधिकसहित गरेर पाँच जनाको दरबन्दी मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको हो।

एआइजी पदमा दरबन्दी कति राख्ने भन्ने निश्चित नहुँदा बढुवा अन्योलमा परेको थियो।

गत चैत २८ गते  भएका एआइजीहरुले सेवा अवधिका आधारमा अवकास पाएरपछि अहिले एआइजीको पद रिक्त छ। नेपाल प्रहरीमा अहिले प्राविधिकतर्फ एकजना मात्र एआइजी छन्।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले १६ जनासम्म एआइजी बनाएको थियो। तत्कालीन सरकारले सातवटै प्रदेशमा एआइजीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। अहिले भने प्रदेशमा डिआइजी प्रमुख बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell