PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रम्प–किम वार्ता हुने सेन्तोसा टापु : कुनैबेलाको सामुन्द्रिक डाँकुको आश्रयस्थल, कैदीहरुका शिविर



ट्रम्प–किम वार्ता हुने सेन्तोसा टापु : कुनैबेलाको सामुन्द्रिक डाँकुको आश्रयस्थल, कैदीहरुका शिविर
फोटो: GrandLuxueyHotels.com

सिंगापुरः यही १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक शिखर वार्ता हुँदै छ। सिंगापुरको आथित्यतामा हुन लागेको यो वार्ता सिंगापुरको सेन्तोसा टापुमा रहेको पाँच तारे होटल  क्यापेलामा हुनेछ। 

अमेरिकी प्रेस सेक्रेटरी साराह सन्डेर्सले ट्वीटरमार्फत सम्मेलन हुने स्थलको बारेमा जानकारी दिँदै सिंगापुरलाई आतिथ्यताका लागि धन्यवाद समेत दिएकी छन्। 


ट्रम्प र किमबीचको वर्ता १२ जुनमा स्थानीय समय अनुसार बिहान ९ बजे सुरु हुने छ। 

समुद्रबीचको टापुमा बनाइएको पाँच तारे रिसोर्ट आधुनिक तथा परम्परागत शैलीमा बनाइएको छ। यहाँबाट साउथ चाइना सीको ३० एकडको ‘रेन फरेस्ट’को दृश्यावलोकन गरिन्छ। यो टापु आँफैमा गल्फका लागि उच्च विन्दुको रुपमा लिइन्छ। 

यो सिंगापुरको प्रसिद्ध होटेल हो। यहाँ विश्वका प्रख्यात पप स्टारहरुसमेत बसेका थिए। यो होटेलमा एउटा कोठाको एक रातका लागि मूल्य १५ हजार भाट रहेको छ। यही होटेलमा बसेर दुई नेताहरु कोरियाली प्रायद्वीपको निःशस्त्रीकरणका विषयमा छलफल गर्ने बैंकक पोस्टले जनाएको छ।  

मुलभूमिबाट नजिक यस होटल सुरक्षाका दृष्टिले समेत सुरक्षित छ। शिखर सम्मेलनको तयारीमा जुटेका अधिकारीहरुसँग निकट स्रोतलाई उदृत गर्दै एएफपीले जनाएअनुसार अमेरिकी कुटनीतिज्ञले आइल्याण्डमा रहेको रिसोर्ट छनोट गरेका हुन्। यो टापु प्रवेशका लागि सिंगापुरको मुलभूमिबाट एउटामात्र सडक रहेको छ। सम्मेनल अवधिका लागि जुन सडक बन्द गर्न सहज हुने छ। 

सिंगापुरले सरकारी राजपत्रमा सूचना प्रकाशित गरी विशेष क्षेत्रमा हात हतियार, फ्ल्यार, लाउड स्पिकर, साउन्ड सिस्टम, व्यानलगायतका बस्तु निषेध गरेको जनाएको छ। साथै प्रहरीलाई त्यहाँ प्रवेश गर्ने सबैको शरीर तलासी गर्ने अधिकार समेत दिइएको छ। यस क्षेत्रमा ड्रोनमाथि समेत प्रतिवन्ध लगाइएको छ।

मुलभूमिसँग टापुलाई जोड्न ७१० मिटर लामो सडक सो समय बन्द हुने छ। ‘होटल रहेको टापु मुलभूमिबाट अलग रहेकाले पनि सुरक्षामा समेत यसले सहयोग पुराउने छ। यसले सुरक्षा चुनौतीका लागि एउटा पर्खालको काम गर्न सक्नेछ,’ सिंगापुरका राष्ट्रिय सुरक्षा अनुसन्धानकर्ता मोहम्मद फैजल अब्दुल रहमानले दीस वीक इन एसियासँग भने।

होटल स्थानीय क्वी परिवारको स्वामित्व रहेको सिंगापुरको रियल स्टेट एजेन्सी फोनोटीक ग्रुपको स्वामित्वमा छ। यो समूहले दी रिज कार्लटन मिलेनिया सिंगापुर, कोन्राड सेन्टेनियल सिंगापुर र रिजेन्ट सिंगापुर सहित अर्को ‘फोर सिजन होटेल’ समेत सञ्चालन गर्दै आएको फक्स न्यूजले जनाएको छ। 
 

राजनीतिक भेलाको आथित्यता गर्दैनथ्यो यो होटेल


किम र ट्रम्पबीच हुने ऐतिहासिक शिखर वार्ताको आथित्यता गर्न लागेको यस होटेल राजनीतिक जमघटको आथित्यता गर्दैनथ्यो। सिंगापुरमा हुने अधिकांश शिखर वार्ता तथा राजनीतिक बैठकहरु सांग्रीला होटेलमा हुने गर्छन्। यही कारणले पनि सिंगापुरका अधिकारीहरु सांग्रीला होटेलमै हुने गरी तयारी गरिरहेका थिए। 

सांग्रीलाले गत महिनामात्र अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनको आयोजना गरेको थियो। त्यस्तै सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी जिङपिङ र ताइवानी राष्ट्रपति मा यीङ जीयोबीचको शिखर वार्तासमेत सांग्रीलामा नै आयोजना भएको थियो। 

कुनै बेला सामुद्री डाँकुको बस्ती थियो टापु

सेन्तोसा टापु कुनै वेला सामुद्रिक डाँकुसँग भिडिरहेको हुन्थ्यो। वास्तवमा यो टापु कुनै वेला यो टापु पुलाउ व्लेकङ मती (पछाडिबाट मृत्यु)को टापुको रुपमा थियो। यो डाँकुहरुको सुरक्षित स्थलका लागि समेत प्रख्यात थियो। यहाँ योद्धाहरुको आत्माहरुको बास रहेको सिंगापुरको नेशनल लाइव्रेरी बोर्डको अनलाईनमा उल्लेख छ।

लामो समय सम्म यो टापु माछा मार्नेहरुको बस्ती, सैन्य क्षेत्र र कैदी शिविरको रुपमा प्रयोग भयो। दोस्रो विश्वयुद्ध ताका यहाँ जापानी अधिनमा रहेको कैदीहरु राखिन्थ्यो। 

पछि यो टापु पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell