PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्वाटेमालामा ज्वालामुखी : हालसम्म ६९ जनाको मृत्यु, लाखौं विस्थापित



ग्वाटेमालामा ज्वालामुखी : हालसम्म ६९ जनाको मृत्यु, लाखौं विस्थापित
तस्विर : AFP

ग्वाटेमालामा सिटी : ग्वाटेमालामा ज्वालामुखी विस्फोटनमा परी हालसम्म ६९ जनाको मृत्यु भएको छ। अझै धेरै व्यक्ति घाइते भएका र तिनको अवस्था चिन्ताजनक भएको बताइएको छ।

ग्वाटेमालाका सरकारी अधिकारीहरुका अनुसार आइतबार राति भएको ज्वालामुखी विस्फोटनमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका छन्। ती मध्ये ३ हजार २७१ व्यक्तिलाई १ हजार ७८७ शरणार्थी स्थलमा सारिएको बताइएको छ।

फोएगो नामक ज्वालामुखी विस्फोटनलार्इ शताब्दीयताकै शक्तिशाली ज्वालामुखी भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 
ग्वाटेमालाको विपद् व्यवस्थापन निकायका अनुसार फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका छन्।

तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण-पश्चिममा ज्वालामुखी विस्फोट क्षेत्रबाट उद्धार गरिएको छ। उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन्।

उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेका बताएका छन। ज्वालामुखीबाट प्रभावित क्षेत्रकी इउफिमिया ग्रेसियाका अनुसार उनले आफ्ना दुर्इ सन्तानलार्इ जीवितै भेटाइसकेकी छिन् भने अझै आफ्ना दुर्इ छोरी, एक छोरा र एक नातीलार्इ खोज्दैछिन्। 

ग्रेसियाका अनुसार उनी त्यो ठाउँ छाडेर फिर्ता जान चाहन्न  तर त्यँहा उनको परिवारलाई बचाउन सक्ने केही बाँकी छैन। 

ज्वालामुखी विज्ञहरूका अनुसार फोएगोबाट निस्केको खरानीको मुस्लो आकाशमा १० किलोमटरमाथिसम्म पुगेको थियो। हाल खरानीको मुस्लो निस्कन रोकिएको विज्ञहरुले बताए।

ज्वालामुखी विज्ञ जेनिन क्रिपनरले फोएगो एकदमै सक्रिय ज्वालामुखी भएको र त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका बताए। उनका अनुसार भीषण पानी परेको अवस्थामा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै घातक हुनसक्छ। 

सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell