PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनलाइन जुवाः करोडौँको सट्टेबाजी, दुई सय रुपैयाँ धरौटी !



पहिलोपोस्ट

अनलाइन जुवाः करोडौँको सट्टेबाजी, दुई सय रुपैयाँ धरौटी !
फाइल फोटो

काठमाडौँ: अनलाइन जुवा खेलाएको अभियोगमा प्रहरीले पक्राउ परेका छ जना धरौटीमा छुटेका छन्। पक्राउ परेकामध्ये पूर्व राष्ट्रिय फुटबल खेलाडी अन्जन केसी दुई सय रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। जिल्ला अदालत काठमाडौँको आदेशले उनी छुटेका हुन्।

धरौटी बुझाएर उनीहरु छुटेको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार श्रेष्ठले बताए।

प्रहरीका अनुसार सट्टेबाजीमा मुख्य भूमिका गौरव तिवारीको छ। उनीहरुले ७ करोड १४ लाखको बाजी खेलाएको प्रहरी बताउँछ। उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा जुवा ऐन अन्तर्गत मुद्दा चलाइएको थियो।

तिवारी १२ डी हलका सञ्चालकसमेत हुन्। उनले लण्डनको एउटा साइटमा २४ वटा अकाउन्ट खोलेर त्यसैमार्फत् सट्टेबाजी गराएका थिए।

अन्जन केसी भने उनका ललितपुर एजेन्ट थिए।

समूहले २५ हजारदेखि १५ लाख रुपैयाँसम्मको बाजी खेलाउने गर्थे। यसका लागि उनीहरुले क्यासमै रकम कारोबार गर्थे। खेल हुनुअघि लगाइएको बाजी अनुसार खेलमा भएको हारजितको हिसाब गरेर हरेक सोमबार रकमको भागवण्डा गरी पुर्‍याउने काम दिनेश बोगटीले गर्थे। बोगटी तिवारीका कामदार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell