PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः २५ जनाको मृत्यु, १७ लाख मानिस प्रभावित



ग्वाटेमालामा ज्वालामुखी विस्फोटः २५ जनाको मृत्यु, १७ लाख मानिस प्रभावित

ग्वाटेमाला सिटी  : ग्वाटेमालामा ज्वालामुखी विस्फोटन हुँदा २५ जनाको मृत्यु भएको छ। विस्फोटमा सयौँ मानिसहरु घाइते भएका छन्। ग्वाटेमालाका सरकारी अधिकारीहरुका अनुसार ज्वालामुखीबाट करिब १७ लाख मानिस प्रभावित भएका छन्। 

राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

ग्वाटेमालाको राष्ट्रिय विपद् व्यवस्थापन विभागका अनुसार ज्वालामुखी विस्फोटबाट आएको 'लाभा इल रोडियो' गाउँमा प्रवेश गर्दा त्यहाँका घर नष्ट भएका थिए र मानिसहरुको त्यही मृत्यु भएको थियो। 

ग्वाटेमालाका राष्ट्रपति जेम्मी मोरालेसले  राष्ट्रिय संकटकाल घोषणा गरी प्रभावितहरुको उद्दार गर्न निर्देशन दिएका छन्।


ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण राजधानीको विमानस्थलसमेत बन्द गरिएको छ।

यो ज्वालामुखी विस्फोटलार्इ सन् १९७४ पछिकै सबैभन्दा ठूलो विस्फोट भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell