PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बिमस्टेक शिखर सम्मेलन भदौमा गर्ने प्रस्ताव



बिमस्टेक शिखर सम्मेलन भदौमा गर्ने प्रस्ताव

काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालले प्रस्ताव गर्ने भएको छ। विम्स्टेकको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले शिखर सम्मेलन आयोजनाका लागि भदौको १४–१५ वा २१–२२ गते नेपालमा आयोजना गर्न सदस्य राष्ट्र समक्ष प्रस्ताव राख्ने भएको हो।
 
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विम्स्टेकको अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलन आयोजनाको लागि प्रस्ताव गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। 

म्यानमारमा १–४ २०१४ मा सम्पन्न विम्स्टेकको तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्ष राष्ट्रको रुपमा चयन गरेको थियो। 

नेपालले सन् २०१७ मै बिम्स्टेकको शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो। सोही अनुरुप काठमाडौँमा गत वर्ष सम्पन्न मन्त्रिस्तरीय बैठकले निर्णय समेत गरे पनि नेपालमा चुनावी तयारीका लागि सम्मेलन पछाडि धकेलिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell