PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगिता हुने



पहिलोपोस्ट

'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगिता हुने

काठमाडौं : 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगिता हुने भएको छ।  पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यही असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला भइसकेको छ। अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारी अडिसनका निर्णायक रहनेछन्।

आयोजक टिमले यसअघि 'मोनाली ठाकुर लाइभ इन नेपाल' कार्यक्रम सम्पन्न गरिसकेको छ। नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा/युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने अभिनेता बस्नेतले बताए।

काठमाण्डौं उपत्यकाबाट शुरु हुने प्रतियोगिता देशभरका आठ शहरमा हुनेछ। काठमाण्डौं, पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा प्रतियोगिता  हुनेछ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell