PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली फुटबल विकासका लागि एएफसीले एन्फालाई सघाउने



पहिलोपोस्ट

नेपाली फुटबल विकासका लागि एएफसीले एन्फालाई सघाउने

काठमाडौं : नेपाली फुटबल विकासका लागि एसियन फुटबल फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सहयोग गर्ने भएको छ।

एन्फाका नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाको टोलीले एएफसीका महासचिव डाटो विन्डसोर जोनसँगको भेटपछि एएफसीको तर्फबाट सहयोग गर्ने भएको हो।

एन्फा अध्यक्ष शेर्पासँगै उपाध्यक्ष पंकज नेम्वाङ र महासचिव इन्द्रमान तुलाधरको टोलीले एफएसीका पदाधिकारीलाई एएफसीको मुख्यालयमै पुगेर भेट गरेको हो। जहाँ उनीहरुले नेपानी फुटबलको चुनौतीका बारेमा एएफसीलाई जानकारी गराएको थियो।

डाटो जोनले शेर्पालाई एएफसी हाउसमा स्वागत गर्न पाउदा खुशी लागेको बताएका छन्।

'नेपाल एएफसी साउथ जोनका लागि महत्वपूर्ण देश हो र १९७२ देखि एन्फा हामीसँग आबद्ध छ र नेपाली फुटबलको भविष्यको विकासका लागि एन्फासँग सहकार्य गर्न तयार छौँ।' जोनले भनेका छन्।

यस्तै डाटो जोनले नेपालमा लिग फुटबल सुरु हुने समाचारले आफूहरु उत्साहित भएको बताउँदै लिग फुटबल कुने पनि देशको मेरुदण्ड रहेको बताए।

एएफसीका महासचिव जोनले एन्फाले सुरु गर्न लागेको लिगलाई सहयोग गर्ने र ग्रासरुट प्रोग्रामका साथै खेलाडी, प्रशिक्षक र रेफ्रीको विकासको तत्पर रहेको बताएका छन्।

एन्फा अध्यक्ष शेर्पाले एएफसीलाई धन्यवाद दिँदै ग्रासरुट प्रोग्राम लगायत प्राविधिक स्तरोन्नितिका लागि एएफसीसँग सहयोग माग्ने बताए। उनले नेपाली फुटबल विकासमा चुनौती धेरै रहेको पनि बताए।

एन्फा डेलेगेसनले एएफसीको सदस्य राष्ट्रका विकास विभागको प्रतिनिधिहरुसँग समेत भेट गरेका थिए।

एएफसीका महासचिव डाटो जोनले यसका सदस्य राष्ट्रहरु बलियो भए मात्र एएफसी बलियो हुने बताउँदै एन्फालाई आफूहरुले गर्न सक्ने जति सहयोग गर्ने बताए।

यस्तै एन्फा अध्यक्ष कर्मा शेर्पाले एन्फा कम्प्लेक्समा रहेको मैदानको प्याराफिट र फ्लडलाइटको लागि एएफसीले १ लाख ३० हजार अमेरिकी डलर रिलिज गर्ने सुरु गरेन् सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। शेर्पाका अनुसारर उक्त सम्झौतामा एएफसी सदस्य राष्ट्रको विकास निर्देशक र एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell