PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन भदौमा हुने



पहिलोपोस्ट

तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन भदौमा हुने

काठमाडौं : काठमाडौं शारीरिक सुगठन एण्ड फिटनेस संघको आयोजनामा तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन, तेस्रो महिला एथ्लेटिक्स फिजिक्स र दोस्रो जुनियर मिस्टर काठमाडौं प्रतियोगिता आगामी भदौमा हुने भएको छ।

तीनवटै विधाको प्रतिस्पर्धा भदौ २२ र २३ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले शुक्रवार जनाएको हो।

मिस्टर काठमाडौं अन्तर्गत सुरुमा विभिन्न ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जसमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि रहेको छ। त्सपछि प्रत्येक समूहको विजेताहरुबीच पुन: प्रतिस्पर्धा गराई ओभरअल विनरको घोषणा गरिनेछ।

पहिलो दिन २२ गते प्रि जजिङ राउण्ड हुनेछ र त्यसबाट प्रत्येक तौल समूहमा उत्कृष्ट ५-५ खेलाडी छनोट गरिनेछ। दोस्रो दिन २३ गते प्रत्येक तौल समूहको फाइनल राउण्ड हुनेछ। त्यसबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १० हजार, ५ हजार र ३ हजार प्रदान गरिनेछ।

ओभरअल विनरले नगद १ लाख १० हजारका साथै ट्रफी र ब्यानेट हात पार्नेछन्। यस्तै सबै प्रतिस्पर्धीमध्येबाट एक जना बेस्ट पोजरले नगद १० हजार पाउनेछन्।

यस्तै महिला एथ्लेटिक्स फिजिक अन्तर्गत पहिलो चरणबाट ५ खेलाडी फाइनल राउण्डमा छनोट हुनेछन्। त्यसबाट ओभरअल विनर घोषणा गरिनेछ र विनरले नगद ३० हजार, ट्रफी र ब्यानेट पाउनेछन्। दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले ५ हजार पाउनेछन्।

यसैगरी गतवर्षबाट युवा खेलाडीलाई पनि अवसर दिने उदेश्यले सुरु गरिएको जुनियर मिस्टर काठमाडौँको विजेताले पनि ३० हजार, ट्रफी र ब्यानेट पाउनेछन्। दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले ५ हजार पाउनेछन्।

प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका र नेपाल शारीरिक सुगठन तथा फिटनेस संघबाट मान्यता प्राप्त राष्ट्रिय प्रतियोगितामा विजेता भएका खेलाडीहरुले भाग लिन नपाउने बयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए।

यस्तै जुनियर मिस्टर काठमाडौंमा २१ वर्षमुनीका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। यस प्रतियोगिताको मुख्य लक्ष्य भनेकै नयाँ खेलाडीहरु उत्पादन गर्ने रहेकाले नयाँ खेलाडीहरुलाई सहभागिता गराउन चाहेको सुवेदीले बताए।

काठमाडौँका प्रत्येक क्लब/संघ/संस्थाबाट एउटा तौल समूहमा बढीमा २ गरी जम्मा १२ खेलाडी र १ जना टिम म्यानेजरले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको लागि करिब १५ ख खर्च लाग्ने आयोजकले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell