PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'वीराङ्गना'को गीतमा अनुप र शिल्पा पुलिस



पहिलोपोस्ट

 'वीराङ्गना'को गीतमा अनुप र शिल्पा पुलिस

काठमाडौं: असार २९ देखि प्रदर्शन हुने फिल्म 'वीराङ्गना'को गीतको भिडियो सार्वजनिक भएको छ। महिमा श्रेष्ठ र योन्जक लामाको स्वरमा फिल्मको 'तिमी पुलिस म नि पुलिस' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

दिनेश सुवेदीको शब्द तथा दिपक शर्माको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेकोछ। गीतमा फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही र शिल्पा पोख​रे फिचर्ड छन्। एक्शन जनराको नारी प्रदान फिल्मलाई निर्देशक राज बहादुर सानेले निर्देशन गरेका हुन्।

 फिल्ममा हरिबोल लामाको छायाँकन र तारा थापाको सम्पादन रहेकोछ। बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता रहेको फिल्मको सह निर्माता सुमि चाम्लिङ​ हुन्।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा शिल्पा र अनुपसँगै पृथ्वी राज प्रसाईं, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, सुशिल पोखरेल लगायतको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell