PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सुक्मित गुरुङको 'पल पल'मा रोमियो एण्ड मुना



पहिलोपोस्ट

सुक्मित गुरुङको 'पल पल'मा रोमियो एण्ड मुना

काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले साउन ११ लाई प्रदर्शन टार्गेट पनि गरेको छ।

एक समयको हिट गीतमाथि निर्देशक नरेश कुमारले आफ्नो क्रियटिभीटी प्रस्तुत गरेका छन्। सुक्मित गुरुङले गाएको 'पल पल' बोलको गीतमा संगीत तथा शब्द विश्व शाहीको छ।

राजीव समर र निर्देशक नरेशको कोरियोग्राफीमा बनेको गीतमा मुख्य कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन्। भिडियोमा आइड्रिम एनिमेशनले भिएफएक्सको काम गरेको छ। गीतमा शिवराज श्रेष्ठको छायाँकन रहेको छ। राष्ट्रिय स्तरका पेन्टर सागर शाह र सन्तोष विष्टको पेन्ट गीतमा प्रयोग छन्।

गीत सार्वजनिक कार्यक्रममा टिमले गायिका सुक्मित गुरुङलाई सम्मान पनि गरे। फिल्ममा निर्देशक केसीको पटकथा र निरोज महर्जनको संवाद  छ। फिल्ममा विनय र श्रृष्टसँगै प्रज्वल सुजल गिरी, शुष्मा कार्की, सुरक्षा पन्त लगायतको मुख्य अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell