PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सार्वजनिक स्थानमा चुरोट सेवन गर्नुहुन्छ? प्रहरीको फेला परिएला है



सार्वजनिक स्थानमा चुरोट सेवन गर्नुहुन्छ? प्रहरीको फेला परिएला है
फोटो: menshealth.com

कास्कीः सार्वजनिक स्थलमा चुरोट  सेवन गर्नेलाई प्रहरीले पक्राउ गर्न शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीमा सार्वजनिक स्थानम चुरोट खानेलाई पक्राउ गरेको हो। 

पोखराको बैदाम एरियामा २ जना र रामबजार एरियामा १२ जना गरी जम्मा १४ जनालाई सार्वजनिक स्थलमा चुरोट सेवन गरेको फेला पारी तत्कालै निजहरुलाई कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ। शुक्रवारदेखि प्रहरीले नियमित रुपमा चेक गर्न समेत जानकारी दिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell