PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रम्पले रद्द गरे उत्तर कोरियाली नेता किमसितको शिखर वार्ता, के हो कारण?



ट्रम्पले रद्द गरे उत्तर कोरियाली नेता किमसितको शिखर वार्ता, के हो कारण?
फोटो : एपी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुन १२ मा सिंगापुरमा हुने भनिएको उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसितको शिखर वार्ता रद्द गरेका छन्। 

ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको किमलाई ट्रम्पले लेखेको पत्रमा ट्रम्पले लामो समयदेखि प्रतीक्षा गरिएको यो बैठक अहिले यो समयमा गर्न उपयुक्त नभएको उल्लेख छ। 

उत्तर कोरियाले भर्खरै देखाएको आक्रोशपूर्ण व्यवहार यसको कारण भएको एपीले जनाएको छ। 

उत्तर कोरियाले आफ्नो परमाणु क्षमताको बारेमा उल्लेख गर्ने गरेको भन्दै ट्रम्पले लेखेका छन्, तर हाम्रो यति शक्तिशाली र विशाल छ कि म भगवानसँग प्रार्थना गर्छु, त्यो कहिल्यै प्रयोग गर्न नपरोस्। 

उत्तर कोरियाका एक अधिकारीले अमेरिकाका उपराष्ट्रपति माइक पेन्सलाई अज्ञानी र मूर्ख भनेपछि दुई देशबीच फेरि तनाव बढेको थियो। पेन्सले उत्तर कोरियाली नेताको अन्त्य लिबियाली नेता गद्दाफीको जस्तो हुने चेतावनी फक्स न्युजसितको अन्तर्वार्तामा दिएपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको थियो। 

उत्तर कोरियाली समाचार एजेन्सीले बिहीबार उपविदेश मन्त्री चोए सुन हुईको यस्तो प्रतिक्रियाको जवाफमा ट्रम्पले शिखर वार्ता रद्द गर्ने घोषणा गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell