PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सोलु तर्फ 'यात्रा अ म्यूजिकल भ्लग'



पहिलोपोस्ट

 सोलु तर्फ 'यात्रा अ म्यूजिकल भ्लग'

काठमाडौं: फिल्म 'यात्रा अ म्यूजिकल भ्लग' टिम विहिवार छायाँकनका लागि सोलु निस्किएको छ। केही समयअघि काठमाडौंमा फिल्मको शुभ मुहुर्त भएको थियो। काठमाडौंमा टाइटल गीत छायाँकन गरेर निर्माण टिम नियमित छायाँकनका लागि सोलु तर्फ लागेको हो।

सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा ३ साता छायाँकन गर्ने टिमले जनाएको छ। फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई लगायतको अभिनय रहनेछ।

फिल्ममा छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यु गर्दैछन्। जर्नी लभ स्टोरीमा आधारित फिल्ममा सुशीलसँगै केशव भट्टराई, मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । फिल्ममा संजय लामाको छायाँकन रहनेछ।

सलिनमानले यो दोश्रो फिल्ममा आफुलाई दर्शकले फरक पाउने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell