PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अपांग विद्यार्थी भर्ना गर्न एक खुट्टाले साइकलबाटै राराको यात्रा 



पी बी खड्का

अपांग विद्यार्थी भर्ना गर्न एक खुट्टाले साइकलबाटै राराको यात्रा 

सुर्खेत : प्रदेश ७ लम्की चुहा नगरपालिका–१ कैलालीका यमलाल रसाइली एक खुट्टाकै भरमा साइकलको यात्रा गर्दै कर्णाली प्रदेशको रारा पुग्ने भएका छन्। जेठ ४ गते कैलालीबाट यात्रा सुरु गरेका रसाइली बुधवार सुर्खेत आइपुगेका छन्। 

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्दै वैशाख १ गते प्रधामन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान समेत सुरु गरेका थिए। उक्त भर्ना कार्यक्रममा एक जना अपांगता भएका बालक पुन्नबहादुर कुलाललाई विद्यालय भर्ना नगरेको समाचार सुनेपछि रसाइलीले ती बालक भेट्न राराको यात्रा थालेका हुन्। 

यात्री रसाइलीले सहयोग जुटाएर अपांग बालक कुमाललाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ साइकलबाटै राराको यात्रा थालेको बताए। 
रसाइलीको ४ वर्षको उमेरमा दायाँ खुट्टा भाँचिएको थियो। त्यतिबेला उनको परिवारले अस्पतालमा नलगी घरेलु उपचार गरेपछि उनको खट्टा काट्नु परेको थियो। उनी अहिले ४० वर्षका भए। २१ वर्षदेखि साइकल चलाउँदै आएका छन् उनले। 

साइकलबाटै उनले अहिलेसम्म नेपालका ३८ जिल्लाको यात्रा तय गरिसकेका छन्।  एक दिनमा दुई सय किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए। उनले २०५९ मा महाकालीदेखि मेचीसम्म साइकल यात्रा समेत गरेका थिए। 

बृत्तचित्र निर्माण गरिने

अपांग साइकल यात्री रसाइलीको बृत्तचित्र (डकुमेन्ट्री) निर्माण गरिने भएको छ। एउटै खुट्टाले साइकल चलाएर प्रदेश ७ बाट कर्णाली प्रदेशको राराको यात्रा थालेका रसाइलको ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले बृत्तचित्र निर्माण गरिदिने भएको हो। 

प्रतिष्ठानका अध्यक्ष डण्डिप्रसाद शर्माले रसाइलीको साहसिक रारा यात्राको रेकर्ड राख्न तथा रसाइलीको जीवनको थप सहयोग पुगोस् भन्ने उद्देश्यले डकुमेन्ट्री बनाउने बताए। फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्ने प्रतिष्ठानको उद्देश्यसमेत भएकाले आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिइने अध्यक्ष शर्माको भनाइ छ। डकुमेन्ट्री निर्माणका लागि ह्वाइट बाटरफ्लाइज फाउण्डेसनले प्राविधिक सहयोग गर्ने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell