PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थप उपचारका लागि राष्ट्र कविलाई दिल्ली लगियो

थप उपचारका लागि राष्ट्र कविलाई दिल्ली लगियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रकवि माधव घिमिरेलाई थप उपचारका लागि आज भारतको दिल्ली लगिएको छ। अस्पताल भर्ना भएर दुई साताभन्दा बढी समयदेखि उपचार गराइरहेका घिमिरेलाई आज थप उपचारका लागि मेदान्त अस्पताल लगिएको हो।

दिउँसो ३:४० बजेको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो। उनले उपचार गराइरहेको अस्पताल ग्रान्डी इन्टरनेसनलबाट उनलाई मेदान्त रिफर गरिएको छ। राष्ट्रकवि घिमिरेसँगै एकजना चिकित्सक र उनका छोरा पनि दिल्ली गएका छन्। 

९९ वर्षका राष्ट्रकवि घिमिरेको दिसामा रगत जाने समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो। 

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा अखिलेश कश्यप, ओम मूर्ति अनिल लगायतका डाक्टरहरुको टोली संलग्न रहेका थिए। 

उनको स्वास्थ्यमा सुधार भइरहेको र सामान्य स्वास्थ्य अवस्था रहेको अस्पतालले जनाउँदै आएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell