PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

खाली सदन, बजेटमाथि बहस!



बीपी साह

खाली सदन, बजेटमाथि बहस!

काठमाडौं : सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ।

आजबाट सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सुरुमा आफ्नो धारणा राखेका थिए।

शीर्ष नेताहरु आ–आफ्नो धारणा राख्दै बाहिरिँदै गएपछि सांसदहरु पनि पातलिँदै गए। 

सदनको कामकारवाही चल्दा मन्त्रीहरुको उपस्थिति रहनुपर्ने अनिर्वायता छ। तर, नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा एक जना मन्त्रीमात्र बाँकी थिए।

संघीय समाजवादी फोरम नेपालका सांसद विमलप्रसाद श्रीवास्तबले बजेटमाथि धारणा राख्ने क्रममै उपस्थितिको विषय उठाए।

‘मैले दुःखको साथ भन्नु पर्ने अवस्था आएको छ। यस्तो गरिमामय सदनमा सरकारको नीति तथा कार्यक्रमको विषयमा आफ्ना सुझाव सल्लाह र छलफल भइरहेको अवस्थामा दुर्भाग्यवस सरकारका जिम्मेवार निकाय र मन्त्रिमण्डलका सदस्यहरुको खोइ उपस्थिति?,’ श्रीवास्तवले भने,‘कलाई सुनाइ रहेका छौं यो हामी? कलाई सुझाव दिने?’

श्रीवास्तवले सदनमा कुरा उठाइराख्दा मन्त्रीहरुको कुर्सीमा कानुनमन्त्री शेरबहादुर तामाङ एक्लै थिए। 

सदनमा सांसदहरुको उपस्थिति एक तिहाइभन्दा कम देखिए पनि छलफल जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell