PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विद्यालयस्तरीय छात्रा भलिबल : न्यू डायमण्ड च्याम्पियन



पहिलोपोस्ट

विद्यालयस्तरीय छात्रा भलिबल : न्यू डायमण्ड च्याम्पियन

काठमाडौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधि शिवम् न्यू डायमण्डले जितेको छ।

घरेलु कोर्ट नैकापमा मंगलवार भएको फाइनलमा पारामाउण्ड एकेडेमीमाथी ३–२ को रोमाञ्चक जित हात पार्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो।

पहिलो सेट २०–२५ ले गुमाएको न्यू डायमण्डले दोश्रो र तेश्रो सेट २५–१९, २५–२३ ले जित्दै खेलमा २-१ को अग्रता बनाएको थियो। चौथो सेटमा परामाउण्टले पुनरागमन गर्दै २८-२६ ले जित्दै खेल २-२ को स्थितीमा पुर्‍यायो। तर पाँचौ तथा निर्णायक सेटमा १०-१० ले आफ्नो पक्षमा पार्दै न्यू डायमण्डले पहिलो संस्करणको उपाधि जितेको हो।

मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचालन भएको प्रतियोगिताको विजेता न्यू डायमण्डले ४५ हजार,उपबिजेता पारामाउण्डले २५ हजार,तेश्रो हुने बिजेश्वरीले १५ हजार र चौथोले १० हजार प्राप्त गर्यो। यस्तै सर्वौकृष्ट खेलाडी शिवम् न्यू डायमण्डकै बाल्मिका आचार्यले घोषित भइन्। बेष्ट स्पाईकर पारामाउण्टकी सृष्टी खड्गी, बेष्ट सेटर न्यू डायमण्डकी अनिषा सुनुवार, बेस्ट सर्भर न्युडायमण्डकै रस्मिता दुरा घोषित भइन्। पारामाउण्टकी सम्पदा श्रेष्ठ बेष्ट डिफेन्डर भईन्।

विजेता टिम तथा खेलाडीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले पुरस्कृत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell