PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विद्यादेवी भण्डारी, ‘श्रीपेच विनाकी राजा : नेपाली कांग्रेस



बीपी साह

विद्यादेवी भण्डारी, ‘श्रीपेच विनाकी राजा : नेपाली कांग्रेस

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदकै अवहेलना गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरुलाई सम्बोधन गर्दा अनादर गरेको कांग्रेसको निष्कर्ष छ।

कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसदका सदस्यहरु’ मात्र बारम्बार सम्बोधन गरेकी थिइन्।

सभामुख र अध्यक्षको उच्च आदारार्थी शब्द ‘सम्माननीय’ र सांसदहरुका लागि प्रयोग हुने ‘माननीय’ शब्दको उच्चारणसमेत राष्ट्रपतिले नगरेकोमा कांग्रेसले आपत्ती जनाएको हो।

त्यस विषयमा कांग्रेसले संशोधन दर्ता गराउन लागेको नेपाली कांग्रेसकी सांसद मिनाक्षी झाले पहिलोपोस्टलाई बताइन्।

‘राष्ट्रपतिले संसदकै अपमान गरेको हाम्रो ठहर छ,’ आज कांग्रेसको संसदीय दलमा भएको छलफलबारे जानकारी दिँदै झाले भनिन्, ‘राष्ट्रपति भण्डारी श्रीपेचविनाको राजा बन्नु भयो। यसअघिका सबै नीति तथा कार्याक्रममा सबैको सम्मान हुन्थ्यो। यसपटक अपमान भएको हाम्रो निष्कर्ष छ।’

आजको संसदीय दलको बैठकमा कांग्रेसले नीति तथा कार्यक्रममाथि धारणा बनाउन विज्ञहरुसहित छलफल गरेको थियो। 
छलफलमा संघीयता कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अनुदार भएको टिप्पणी सांसदहरुले गरेका थिए। साथै सपना बाँड्ने काममात्र भएको निष्कर्ष निकालेको छ।

संसदीय दलको बैठकमा रामशरण महत, गोविन्दराज पोखरेल लगायतले सरकारको नीति तथा कार्यक्रम एक वर्षको नभएर पञ्चवर्षीय जस्तो देखिएको बताएका थिए। 

वाम गठबन्धनको घोषणापत्रभन्दा पनि अस्पष्ट नीति तथा कार्यक्रम रहेको उनीहरुको ठहर थियो।

बैठकले विषयगत समिति बनाई छलफल गर्ने निर्णय गरेको छ भने संविधान संशोधनको कुरा, संसदको अपमानको कुरा र संघीयता कार्यन्वयनको कुरालाई संसदको छलफलका क्रममा उठाउने तयारी गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell